सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पार्न खोजेको आरोप लागेका नेकपा नेता गगन पुरीले आफुहरुको समेत जग्गा कब्जा गरेको ८३ परिवार पिडितहरुको आरोप

0
606

पुश २
दमक वडा नम्बर ८ बालुवाटारमा सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पार्न खोजेको आरोप लागेका नेकपा नेता गगन पुरीले आफुहरुको समेत जग्गा कब्जा गरेको भन्दै पिडितहरुले आज दमकमा पत्रकार सम्मेलन गरेका छन् । दमक ८ स्थित बालुवाटारमा बिगतमा आफुहरुको घर रहेको र भोगचलन गरिआएको जग्गामा खोलो पसेपछि बिस्थापित हुनुपरेको तर अहिले खोलाले छाडेपछि नेकपा नेता पुरीले सो जग्गा आफुहरुलाई भोग चलन गर्न नदिई केहि आपैंmले राखेको र केहि अन्य व्यक्तिहरुलाई बिक्रि गरेको पिडितहरुले आरोप लगाएका छन् ।
पिडित सञ्जिव मगरले सो ठाउँमा आप्mनी आमा बिष्णु मायाँ मगरको नाउँमा फिल्डबुक कायम रहेको ३ कठ्ठा १९ धुर जग्गा मालपोत र नापि कार्यालयको मिलेमतोमा नेपा पुरीले कतिपय परिवारको नाउँमा राखेको र कतिपय बिक्रि गरिसकेको बताउनु भयो । पुरी संग पटक पटक कुरा राख्दा त्यो जग्गा आफुले खरिद गरेको जवाफ पाएको उहाँले बताउनु भयो । त्यसैगरी अर्का पिडित मोहन लिम्बुले पनि आफुहरुको जग्गा पुरीले कब्जा गरेकोले अहिले सुकुम्बासी बनेको गुनासो गर्नु भयो । अर्का पिडित खगेन्द्र भुजेलले आप्mना बुबा ताराबहादुर भुजेको नाउँमा रहेको ४ कठ्ठा जग्गा पुरीले कब्जा गरेको बताउनु भयो । सो बिषयमा पुरी संग कुरा राख्दा पुरानु कुरा सकियो १ लाख रुपैयाँ दिउँला चित्त बुझाउनु भन्ने जवाफ पाएको उहाँले गुनासो गर्नु भयो । पिडित भुजेलले सो ठाउँमा ८३ परिवारको जग्गा पुरीले कब्जा गरेको बताउनु भयो ।
पिडितहरुले आप्mनो जग्गा अर्कैले बनाएको बिषयमा लामो समय देखी पहल गर्दा पनि नपाएको तर अहिले भने जग्गा आउने आश लागेको बताएका छन् । आफुहरुको पुराना कागजात हेरेर सोहि आधारमा जग्गा फिर्ता पाउनु पर्ने उनिहरुले माग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here