बिरामीमाथी मेडिसिटीका डाक्टरको बलात्कार प्रयास

0
784

९ मंसिर, काठमाण्डौ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा बिरामी महिलामाथी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

अस्पतालमा उपचार गर्न आएकी एक बिरामी महिलामाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईका अनुसार एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुर्ब्यवहार गरेको उजुरी दिएपछि डा‍. झालाई पक्राउ गरिएको हो ।

उनिमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here