लरी शब प्रकरणः चालबाट गल्ती स्वीकार

0
770
तस्बीरः बीबीसी

९ मंसिर, एजेन्सी । बेलायतको एसिक्समा गत अक्टोबरमा ३९ वटा शव भेटिएको लरीका चालकले अवैध रूपमा मानिस ओसारपसार गर्ने योजनामा आफू संलग्न भएको स्वीकार गरेका छन्।

 सो लरीका चालक मोरस रोबिन्सनले अदातलमा दिएको बयानमा अरू मानिससँग मिलेर मे १, २०१८ देखि अक्टोबर २४, २०१९ सम्म आफूले अवैध आप्रवासनको षड्यन्त्रमा सहयोग पुर्‍याएको स्वीकार गरेको बीबीसीले जनाएको छ । पच्चीस वर्षीय रोबिन्सनलाई गैरकानुनी रूपमा विदेशी नागरिकहरूलाई बेलायतमा ल्याउने योजनामा सह्रीक भएको आरोप लागेको छ। यद्यपी ३९ जनाको हत्याको घटनामा भने उनि दोषि देखिएका छैनन ।

गत अक्टोबर २३ मा ग्रेज वाटरग्लेड औद्योगिक क्षेत्रमा रोकेर राखिएको एउटा लरीमा ३९ जना भियतनामी नागरिकको शव फेला परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here