जिल्ला अदालतको फैसलाबिरुद्ध पूर्बसभामुख उच्च अदालतमा

0
404

५ मंसिर, काठमाण्डौ । जवरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत काठमाण्डौले  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि डिल्लिबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा सो आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् ।

महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै महराको पक्षका कानून व्यवसायी रमन श्रेष्ठले उच्च अदालत जाने बताएका थिए । मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ९७३० मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले महराको पक्षबाट ७३ नम्बरको निवेदन दर्ता भएको बताए । महराले दायर गरेको निवेदन शुक्रबार पेशीमा चढ्ने संभावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here