मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर (सूचिसहित)

0
616

४ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्रीको मन्त्रालय हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।

राष्ट्रपतिको कार्यालयले बुधवार अबेर जारी गरेको वक्तव्य अनुसार थप भएका मन्त्रीहरूमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन्।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।

त्यसैगरी ओलीले तीनजना नयाँ राज्यमन्त्री पनि बनाएका छन्।

राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

ओलीले उपप्रधान र स्वास्थ तथा जनसङ्ख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा “नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरिएको” उल्लेख छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here