मन्त्रिपरिषद् पुनर्गठनपछिको पहिलो बैठकः समन्वयमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

0
556

५ मंसिर, काठमाण्डौ । मन्त्रिपरिषद् पुनर्गठन गरेर विहिबार पहिलो बैठक राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी समन्वयमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन ।

विकासमा सहकार्य र सहउपयोगको नीति लिएर काम गर्ने परिपार्टी नहुँदा जनता आजित भएको बताउँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आपसी समन्वयमा काम गर्न निर्देशन दिएका हुन । ‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने ‘ भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्‍यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै हैन सहउपयोगको नीति अपनाउन पर्‍यो ।’

उनले अवको ४ महिनाभित्र काठमाण्डौका सडकका खाल्डा खुल्डी पुरिसक्न समेत निर्देशन दिएका छन ।  कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवित्ति देखिए सिधै कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन । चार दिनपछि सबै मन्त्रालयबाट रिपोर्ट लिने गरी अघिल्लो चौमासिक समीक्षाका लागि बैठक बस्ने पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here