केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्ष

0
905

४ मंसिर, काठमाण्डौ । नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई पूरा अवधिका लागि प्रधानमन्त्रीमा निरन्तरता दिने तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि पार्टी एकीकरणको लागि चुनावी गठबन्धन हुँदै गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । नयाँ सहमतिअनुसार ओलीले अब अरु  करिव तीन वर्ष सरकारको नेतृत्व गर्नेछन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here