संरक्षणमा युवा पुस्ता
झापा, डिकेश लामा १६ कार्तिक २०७६

नेपालको पूर्वी भूभाग झापा र मोरङ्गको विभिन्न शरणार्थी शिविरबाट तेस्रो मुलुक पुगेका यूवा पुस्ताले पछिल्लो समय कलाकारिता क्षेत्रलाई विशेष जोड दिन थालेका छन् । तेस्रो मुलुक पुगेर पनि धेरै युवाले पछिल्लो समय नेपाली कलाकारितालाई भुल्न सकेका छैनन् । युवा पुस्ताले नेपाली भाषाको गीत, भिडियो जस्ता निर्माण कार्यले नेपाली साहित्यकलाको विकास अझ बढेर गएको कलाकारिता क्षेत्रमा उल्लेख्य काम गर्दै आएको लभ एण्ड फाउण्डेशका महासचीव तथा नेपाली भाषी भूटानी कलाकारिता क्षेत्रका नायक केदार उप्रेतीले बताउनु भयो । 
तेस्रो मुलुकमा पुगेर नेपाली कलाकारितालाई माया गर्ने युवाहरु मध्ये भूटानी शरणार्थी शिविर वेलडाँगीबाट अमेरिकाको न्यूर्योक पुग्नु भएका २३ बर्षीय अशोक शंकरको नाम पनि जोड्न सकिन्छ । अशोकले झापाको शरणार्थी शिविरमा बस्दाको कष्टकर बाल्यकाल उमेर देखि नै गीत संगीतलाई विशेष चासो दिने गरेका थिए । युवा प्रतिभा कलाकेन्द्रबाट कलाकारिता सिक्न थालेका शंकरले नृत्य क्षेत्रमा शरणार्थी शिविरका निक्कै राम्रा नृत्यकारको रुपमा परिचित डम्बर भट्टराई र बुद्ध खालिङ राईलाई गुरुको रुपमा मान्ने गर्नुहुन्छ । किशोर अवस्थामा अमेरिका पुग्नु भएका शंकरले अहिले आरडीजी रोचेस्टर नामक नृत्य समूह समेत निर्माण गरी २० जना युवा नृत्यकार समेत भेला भएर तेस्रो मुलुकमा हुने साँगीतिक कार्याक्रमलाई नेपाली रौनकता दिने गर्नु हुन्छ । उहाँसँग लक्ष्मण तामाङ, दिपक गजमेर, विनोद लाम्घादे, राम तामाङ, रिया मगर, सन्ध्या मगर समेत कलाकारितामा लागेका छन् । युवा पुस्ताको समूहले तेस्रो मुलुकमा समेत नेपाली कला सँस्कृतिको संरक्षणमा विकासमा कार्य गर्दै आएका छन् ।

दशैं आयो बोलको गीतबाट औपचारिकरुपमा साँगीतिक क्षेत्रमा प्रवेश गर्नु भएका शंकरले प्रेमको बन्धन सहित ३ वटा गीत र म्यूजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् । सुन्दर र आधुनिक शैलीको आकर्षक नृत्य गर्ने अशोकले हालसम्म अमेरिकाको निक्कै चर्चित व्यक्तित्व र ठूल्ठूला अवसर समेतमा लाइभ नृत्यहरु प्रदर्शन गरिसक्नु भएको छ । उत्कृष्ट नृत्य र कला प्रर्दशनबाट केही स्थानबाट उहाँले सम्मान पत्र समेत प्राप्त गर्नु भएको छ ।
अशोक जस्तै पछिल्लो समय भूटानी शरणार्थी शिविरबाट तेस्रो मुलुक पुगको युवा पुस्ताले साँगीतिक एल्वम् निकाल्ने क्रम समेत बढेर गएको छ ।
see latest song by this young group
https://www.youtube.com/watch?v=4ENd24diLr8&feature=youtu.be&fbclid=IwAR1jRXBJL4Q0OVH4KfhAu3MmMxVx0LKjcnBfWGX6xMkXOHAzJbWLgTqwpCA












