नेकपा भात्री संगठन राष्ट्रिय युवा संघको प्रदेश नम्बर १ मा ६०/४० को भागबण्डा

0
1786

कात्तिक १७/
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टि नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । युवा संघ कार्यालयमा हिँजो बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो । जस अनुसार प्रदेश नम्बर १ का १४ वटा जिल्लामा साविकको युवासंघले ८ वटा जिल्लाको नेतृत्व पाउने र साविकको वाईसिएलले ६ वटा जिल्लाको नेतृत्व पाउने सहमती भएको युवासंघ झापाका अध्यक्ष सम्भु भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साविकको एमाले निकट युवा संघले झापा सहित मोरङ, ईलाम, खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर र ओखलढुंगाको नेतृत्व पाउने सहमति भएको छ भने साविक माओवादी केन्द्र निकट वाईसिएलले सुनसरी, उदयपुर, पाँचथर, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ्गको नेतृत्व पाउने सहमती भएको हो ।
भण्डारीका अनुसार, नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्नेछ ।
त्यसैगरी, संघले आगामी कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here