महराबिरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा, साढे सात बर्ष जेल कैद माग

0
631

१४ कात्तिक, काठमाण्डौ ।  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा  जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा ७ वर्ष ६ महिना कैद सजायको माग दाबी समेत गरिएको छ । जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

महराविरुद्ध मुलुकी फौजदारी अपराध संहिता (ऐन) २०७४ को दफा २१९ को उपदफा (३) को (ङ) बमोजिको हुने सजाय सजायमा सोही ऐनको दफा ३४ को उपदफा (३) बमोजिम सजाय मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता (ऐन) २०७४ को को दफा २१९ को उपदफा (३) को (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्ब्यवहारको आरोप लागेपछि पार्टीको दबाबमा राजिनामा दिएका महरालाई प्रहरी गत असोज १९ गते पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here