भाइटीका लगाएसँगै यस बर्षको तिहार सम्पन्न

0
695

१२ कात्तिक, काठमाण्डौ । भाइटीका लगाएसँगै यस बर्षको तिहार सम्पन्न भएको छ । बिहान ११ बजेर ५५ मिनेटको समयमा दिदिबहिनिले दाजुभाईलाई टीका लगाइदिएसँगै यस बर्षको तिहार समापन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिएका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले १ बजेर ३८ मिनेट जाँदा टीका लगाएका हुन् ।

यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल दि्वतीया विशेष कारणले महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here