मंगलबार भाइटिका, यस्तो छ उत्तम साइत

0
2555

११ कात्तिक, काठमाण्डौ । तिहारको पाँचौं दिन मंगलबार भाइटीका । अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाको यस बर्ष उत्तम साइत मंगलबार विहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।  यो साहितमा दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टिका लगाइदिन्छन ।

धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनुभएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।

यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए : आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here