प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण सकिएन, परिक्षण नसकिएसम्म अस्पतालमै

0
611

१३ कात्तिक, काठमाण्डौ ।  नियमित स्वास्थ्य परीक्षणको लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको परिक्षण नसकिएपछि अस्पतालमै रहनुपर्ने भएको छ ।

ग्राण्डी अस्पतालले निकालेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र ढिलोमा बिहिबार बिहानसम्म डिस्चार्ज हुने जानकारी दिएको छ ।

 

ओलीका निजी चिकित्सक समेत रहेकी दिव्या सिंह शाह र अस्पतालका निर्देशक चक्रराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ। चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान ९ बजे ग्राण्डी पुगेका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here