महराको डीएनए परिक्षण गरिने, अझै ७ दिन हिरासतमै

0
491

७ कात्तिक, काठमाण्डौ । यौन हिंसाको आरोपमा पक्राउ पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परिक्षण गर्न समेत अदालतले आदेश दिएको छ ।  बिहीबारबाट लागू हुनेगरी ७ दिनको म्याद थप गर्न अनुमति दिएको जिल्ला अदालत काठमाण्डौले  डीएनए परिक्षणका लागि गरिएको मागलाई समेत सदर गरिदिएको हो ।

यसअघि प्रहरीले डिएनए परिक्षण गराउन खोजेपनि महराले मानेका थिएनन् । न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here