कमल खेलकुद समिति फाइनमा

भोलि फाइनलमा फेन्स क्लव विआसी भूटान र कमलबीच प्रतिष्पर्धा हुने

0
716

कमल खेलकुद समिति फाइनमा
भोलि फाइनलमा फेन्स क्लव विआसी भूटान र कमलबीच प्रतिष्पर्धा हुने
८ कार्तिक २०७६/डिकेश लामा
झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को शुक्रबार भएकोे खेलमा धु्रवतारा स्पोर्टिङ्ग क्लवलाई १ को विरुद्ध ३ गोलले कमल खेलकुद समिति विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । खेल शुरु भएको १ मिनेटमै विजयी टिमका जर्सी नम्बर १४ का विक्रम राईले खाता खोलेका छन् । यस्तै खेलमा दोस्रो गोल जर्सी नम्बर १० का विनोद गुरुङ्गले गरे भने पुन विक्रम राईले २४ मिनेटमा १ गोल गरी आफ्नो टिमलाई फाईनलमा प्रवेश गराएका छन् ।
यता पराजित टीम धु्रवतारा स्पोर्टिङ्ग क्लव दमकको तर्फबाट जर्सी नम्बर १० का सन्जिव बुढाथोकीले १ गोल गरेका छन् । खेलमा विजयी टीमका विक्रम राईलाई म्यान अफ द म्याच घोषित गरी वडा नं. ३ का अध्यक्ष नविन बरालले पुरस्कार प्रदान गर्नु भएको छ ।
खेलमा प्रथम र दितीय हुने टिमले क्रमश नगद ५० हजार ५ र ३० हजार ५ रुपयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । गत अशोज २९ गते देखि भएको खेलको भोलि हुने फाइनल खेलमा कमल खेलकुद समिति र फेन्स क्लव विआसी भूटानबीच अपरान्ह २ बजे देखि खेल हुने आयोजकले जानकारी दिएको छ । खेल १२ वटा क्लब स्तरीय टीमको सहभागितामा दमक वडा नं. ३ चुलाचुली खेल मैदानमा भइरहेको छ ।
खेललाई पहिलो पुरस्कार दमकका व्यवसायी नविन अग्रवालको इष्ट्र्रन होमले प्रायोजन गरेको छ भने दमक नगरपालिका वडा नं. ३ कार्यालयले २ लाख रुपयाँ खेल आयोजना गर्न सहयोग गरेको खेलकुद संयोजक कुमार गिरीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here