‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ, प्रहरीमाथी नै दुर्ब्यवहार

0
744

७ कात्तिक, काठमाण्डौ । अश्लिल शब्द प्रयोग गरेर गित रेकर्ड गराएको आरोपमा पक्राउ परेका चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ का गायक भीटनेले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here