भारत पाकिस्तानबीच कश्मिरमा भीडन्त, दुई जना गोर्खा सैनिक मारिए

0
48

४ कात्तिक, काठमाण्डौ ।  भारत र पाकिस्तानको सीमावर्ती क्षेत्र जम्मु कास्मिरमा दुइ देशका सेनाबीच भएको भिडन्तमा दुई गोर्खा सैनिक मारिएका छन ।

आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी हुन भने नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन्।

पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना भएको भारतले आरोप लगाएको छ। भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेनाले दावी गरेको छ । तर पाकिस्तानी सेनाले भने कम्तिमा ९ जना भारतीय सैनिक मारिएको दावी गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here