शीर्ष नेताहरुबीच भेटबार्ता, टीआरसीका बिषय टुंग्याउनेबारे छलफल

0
509

४ कात्तिक, काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच द्वन्द्वकालीन मुद्दा छिटो सुल्झाउने समझदारी भएको छ ।

समसामयीक राजनीतिक घटनाक्रमका साथै द्वन्द्वकालिन मुद्दाहरुलाई छिटो टुंग्याउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको छलफलमा शीर्ष नेतृत्वबीच यस्तो समझदारी भएको हो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ ।

बैठकमा ठोस निर्णय नभए पनि सत्ता र प्रतिपक्षबीच कुराकानी भएको बताउँदै नेता नेम्वाङले बेलाबेलामा छलफल गर्दै अघि बढ्नु पर्ने बताए। द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भएको उनले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here