प्रधानमन्त्री ओलीसँग असमझदारी नरहेको प्रचण्डको दाबी

0
424

५ कात्तिक, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच  असमझदारी नरहेको दाबी गरेका छन ।  यसअघि ओलीसँगको समबन्ध उल्लेख नगरी असन्तुष्टि सार्वजनिक गर्दै आएका अध्यक्ष दाहालले पाँचथर पुगेर आफ्नो भनाई  सुधारेका हुन ।

प्रचण्डको अभिव्यक्तिलाई आलोपालो प्रधानमन्त्रीको विषमा  नेकपाका दुई अध्यक्षबीचको असमझदारीका रुपमा आशंका  गरिदै आएको थियो। पाँचथरमा कार्यकर्ता प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार मात्र आफ्नो दुई घण्टालामो कुराकानी भएको दाहालले सुनाए।

‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं,’ कुरानकानीको विषय नै असमझदारीको भएको खुलाएका प्रचण्डले भने, ‘होहल्ला र प्रचारको भ्रममा नपर्न म आग्रह गर्छु।’

अध्यक्षले गत  असोज २६मा कांग्रेसको चियापनका लागि सानेपा पुगेर फेरिपनि कांग्रेससँग सहकार्य हुने बताएका थिए भने चितवन पुगेर सरकारको भूमिकामा प्रश्न उठाएका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here