टेक्सस्मा राम नवमी सम्पन्न

0
730

डाल्लसा टेक्सस्, ग्लोबल पोस्ट;

टेक्सस्मा राम नवमी सम्पन्न
टेक्सस्मा राम नवमी सम्पन्न

गत मार्च महिनाको २९ तारिक २०१५ साल, आईतबारको दिन यूनिभर्सल मानाव धर्म टेक्सस्को आयोजनामा ‘श्री राम नवमी महत्सव’ टेक्सस्को फोर्ट वोर्थ शहरमा भब्यताको साथ सम्पन्न भयो । भगवान रामको जन्मोत्सव मनाइने यो राम नवमी हिन्दू धर्मवलम्वीहरुको एक महान चाड हो ।
योग बाइजी र बेला बाइजी दुवैको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम धार्मिक विधी पुर्वक अत्यन्त सुन्दर ढङ्गले सुसम्पन्न गरिएको थियो । टेक्सस राज्यको विभिन्न शहरबाट आउनु भएको धार्मिक प्रेमी भक्तजनहरुको विशाल उपस्थिती रहेको थियो । आयोजक समितीका उपाध्यक्ष मदन सिन्चुरीले सन्चालन गरेको उक्त कार्यक्रममा अन्य सामाजिक संग-सङ्घठनबाट पनि अतिथीहरुले आफ्नो उपस्थिती जनाएका थिए ।
अग्राज बुद्धिजिवी भक्ती प्रेमी बि. बि. सिन्चुरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने योग बाइजी, बेला बाइजी, धन मान दुधराज लगायत महान व्यक्तित्वहरुले सत्संग प्रवचन राख्नु भएको थियो । भक्ती पूर्ण आरती द्वारा श्री गणेश गरिएको २०७१ सालको राम नवमी दर्जनौं भक्ती भजनहरुले पूर्ण रुपमा साङ्गितिक र भक्तिमय भएको थियो ।
सुदिप गुरुङ्ले वन्दना प्रस्तुत गरेका थिए भने टेक दुधराजले साथीहरुसँग दिप प्राजवलनको निम्ती भजन प्रस्तुत गरेका थिए । उपस्थित बाइजीहरुको कृपा सहित दिप प्राजवलन गरी सन्चालन गरिएको उक्त कार्यक्रममा फोर्ट वोर्थबाट टेक दुधराज, यूस्टनबाट सख, सान्त शाही, सुदिप गुरुङ्, नन्दु दुधराज लगायत भक्ती गायकहरुले विभिन्न भजनहरु प्रस्तुत गरेका थिए ।
लग्भाग चार घण्ट लगातर सन्चालन भएको ‘श्री राम नवमी महत्सव’मा सभागी भक्ताजनहरु भक्ती भावमा रमिरहेका देखिन्थे जसबाट कार्यक्रम विशुद्धा आध्यात्मिक रहेको स्पस्ट हुन्थियो । कार्यक्रमको अन्त्यतिर आरती सहित कार्यक्रम सम्पन्न गरी प्रसादी पनि बितरण गरिएको थियो । आयोजक समितीका अध्यक्ष राजन गज्मेर द्वारा धन्यवाद मन्तब्य सहित कार्यक्रम विसर्जन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here