नेपाली हाइकु दोहोरी

0
2298

नेत्र आचार्य र अबिनाश भट्टराई

(नेत्र)
नखोज राज्य
पुर्वबाट पश्चिम
बसाइँ सर्‍यो।

पिएर जिउँ
यहि हो भाग्य हाम्रो
रक्सी या आँसु।

(अबिनाश)
नछोड गति
जोगाउनु संस्कृति
चाहिन्छ सधैं

मिठै लाग्छ नि
आँसु पनि पिउन
याद मिसाई

(नेत्र)
गति मर्दैन
कृति रहे संस्कृती
सदा जिवित

चिन्न गाह्रो’भो
आँसु मीठो या रक्सी
कता जाउँ म?

(अबिनाश)
मार्दैछौं गति
हामीले भटाभटी
बाँचोस् कसरी ?

दुबै उस्तै हो
रक्सीको मात राम्रो
पौडीन आँसु

(नेत्र)
थोरैले भुके
धर्ती माता मर्दिनन्
जय संस्कृती।

आँसु शक्ति हो
रक्सी जीवन हैन
अचेत जाग्ने!

हाइकु दोहोरी नेत्र आचार्य र अबिनाश भट्टराई
हाइकु दोहोरी
नेत्र आचार्य र अबिनाश भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here