कृष्ण बहादुर महरा बुधबारसम्म हिरासतमै रहने निश्चित

0
780

३ कात्तिक, काठमाडौं  । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आउँदो बुधबारसम्म हिरासतमै रहने निश्चित भएको छ । उनलाई शनिबारदेखि लागु हुने गरी थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका महराबिरुद्ध  प्रहरीले ७ दिनको म्याद मागे पनि न्यायाधीश बाबुराम सुवेदीको इजलासले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनलाई आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई प्रहरीले बयान लिन शुरु गरेको थियो ।उनी माथीको बयान नसकिएको भन्दै प्रहरीले थप ७ दिन समय माग गरेको थियो ।

पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य ठीक नभएको भन्दै उनले बयान दिन अस्विकार गर्दै आएका थिए । संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here