अफताब आलमबिरुद्ध ५ दिन म्याद थप

0
482

३ कात्तिक, काठमाण्डौ । हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले पुन पाँच दिनको म्याद पाएको छ ।

यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले आइतबार पुनः पाँच दिनको म्याद पाएको हो ।  प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद मागे पनि जिल्ला अदालत रौतहटले पा“च दिनको म्याद दिएको हो । प्रहरीले आलमलाई हत्या आरोपमा गत आइतबार पक्राउ गरेको थियो। २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here