चिनिया राष्ट्रपतिको भ्रमणपूर्ब प्रधानमन्त्री ओलीबाट पूर्बप्रमसँग छलफल

0
702

२३ असोज, काठमाण्डौ ।  चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको शनिबार र आईतबार नेपालमा हुने राजकीय भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् विज्ञहरुसँगको छलफलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले चीनसँग सुपुर्दगी सन्धि नहुने प्रष्टयाउनुभएको हो । अन्य राष्ट्रहरुसँग पनि छलफल गरेर सो प्रक्रियालाई अघि बढाउने तर चिनियाँ राष्ट्रपतिको भ्रमणमा सो सन्धिमा सम्झौंता नहुने कुरा बैठकमा जानकारी पाइएको पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । छलफलमा सहभागी सबै नेताहरुले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जोड दिनु भएको पनि पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

बैठकमा विज्ञहरुले नेपालको व्यापार घाटालाई कम हुने गरी मुलुकको आर्थिक विकासमा साझेदारीको विकास गर्न चीनसँग राष्ट्रपति सीको भ्रमणमा सरकारले जोड दिनुपर्ने सुझाव पनि दिएका थिए । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने पूर्वपरराष्ट्रमन्त्रीद्धय डा. रामशरण महत र डा. प्रकाशशरण महतले चीनसँग ऋण नभई अनुदान सहायता लिएर रेल सेवा विस्तारको कामलाई अघि बढाउन पहल गर्न सुझाव दिएको  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल, सडक, विद्युतीय ट्रान्समिसन लाईन विस्तारलगायतका कनेक्टिभीटीका विषयमा पनि छलफल हुने जानकारी गराउनुभएको थियो । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमणलाई सफल बनाउने विषयमा एजेन्डा तय गर्न प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीसहितको विज्ञहरुसँग सामूहिक छलफल गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here