चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा, केरुङ – काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

0
642

चिनिया राष्ट्रपति सी जिनफिङ्ग दुइ दिने नेपाल भ्रमणका लागी आज काठमाडौं आइपुग्नुभएको छ । सी जिनफिङ्ग चाइनाको विशेष बिमान मार्फत आज ४ बजेर ४० मिनेटमा काठमाडौं आइपुग्नुभएको हो ।

उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डार,  प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरुले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गर्नुभएको थियो ।

लगत्तै राष्ट्रपति सी र नेपाली समकक्षी भण्डारीबीच शितलनिवासमा भेटबार्ता भएको छ । त्यसपछि शनिबार नै राष्ट्रपति भण्डारीले सी को स्वागतमा राखिएको रात्रिभोजमा मन्तब्य दिदै सीले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् ।

 

२ दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।

राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने पनि बताए । सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने सीको भनाइ थियो । ‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं’ सीले भने, ‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here