चिनियाँ राष्ट्रपतिको स्वागत राष्ट्रपति भण्डारीबाटः संचारमन्त्री बास्कोटा

0
463

२३ असोज, काठमाण्डौ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सीको स्वागत पनि राष्ट्रपति भण्डारीले नै गर्ने जानकारी दिनुभएको हो । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले यस्तो जानकारी दिनुभएको हो । मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताउनुभयो । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको उहाँको भनाई छ ।

चिनियाँ राष्ट्रपति सीको यही शनिबार र आईतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here