वर्तमान सरकार ईतिहाँसकै सबै भन्दा भ्रष्ट सरकार भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको आरोप

0
416

असोज ३/
नेपाली काँग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले अहिलेको सरकार सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाउनु भएको छ । संविधान दिवसको अवसरमा आज झापाको धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस प्रबक्ता शर्माले सबैभन्दा बढी भ्रष्टचार अहिलेको सरकारको पालामा भएको बताउनु भयो ।
वाइडबढीको प्रसङ उल्लेख गर्दै प्रबक्ता शर्माले वाइड बढीमा भएको भ्रष्टचारको बिषयमा काँग्रेसको नेतृत्वमा रहेको लेखा समितिले प्रतिवेदन नै बुझाएको भए पनि त्यसलाई सरकारले कार्यान्वयनमा नल्याएको बताउनु भयो । भ्रष्टचार गरेको प्रमाणित भए जो कोही लाई पनि कारवाही गरिनु पर्ने र त्यसमा काँग्रेसकै नेता कार्यकता परे पनि काँग्रेस कारबाहीको पक्षमा उभिने प्रबक्ता शर्माले बताउनु भयो ।
संविधानले जनताको भावना समेटेको भए पनि दुइ तिहाइको कम्युनिष्ट सरकारले त्यसको कार्यान्वयनमा बेवास्ता गरेको प्रबक्ता शर्माले आरोप लगाउनु भयो । जनताले कम्युनिष्ट सरकारको रबैयाको बारेमा एक बर्षमा नै जानकारी भएको बताउँदै प्रबक्ता शर्माले कम्युनिष्ट सरकार बने पछि जनताको सपना पुरा हुन्छ भन्ने भ्रमबाट नेपाली नागरिक मुक्त भएको बताउनु भयो । एक बर्षमा नै कम्युनिष्ट सरकारबाट जनता आजित भइसकेको समेत प्रबक्ता शर्माले बताउनु भयो ।
प्रधानमन्त्रीको अभिब्यक्तिका कारण पनि जनतामा निराशा छाएको प्रबक्ता शर्माले बताउनु भयो । शर्माले देशको प्रधानमन्त्रीले गैर जिम्मेवार रुपमा प्रस्तुत भएका कारण आज जनता दल भन्दा पनि ब्यक्ति बिषेशको पछि लागेको र ती ब्यवस्थाको बिरुद्ध नभई अवस्थाको बिरुद्धमा उत्रिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here