कांग्रेसको जागरण कार्यक्रममा प्रजातान्त्री योद्धाको सम्मान

0
407

असोज ४/
नेपाली कांग्रेसको जागरण कार्यक्रम अन्तर्गत आज झापा क्षेत्र नं–५ मा प्रजातान्त्रीक योद्धा साथै पार्टिका अग्रजहरुलाई सम्मान गरिएको छ । प्रदेश क को गौरादह र प्रदेश ख को दमक नगरपालिका–३ र ४ मा आयोजित कार्यक्रमहरुमा अग्रज प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गरिएको हो ।
दमक– ३ का दुईस्थानमा आयोजित कार्यक्रममा १८ जना अग्रज कांग्रेस कार्यकर्ता तथा प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको हो । वडा नम्बर ३ मा रुद्र मिश्रको अध्यक्षता र आइन्द्र केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालक्षित अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो भने ५ जना प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको थियो ।
पार्टिका क्षेत्रीय सभापती ढुण्डीराज भण्डारीले जानकारी दिनुभयो । तोया चापागाईको प्रमुख आतिथ्य र तेजबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी दमक–४ मा राजेन्द्र भट्टराईको प्रमुख आतिथ्य र राजेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले बोल्नुभएको थियो । यसैगरी क्षेत्र नं–५ कै प्रदेश क को गौरादहमा आयोजित कार्यक्रममा पनि प्रजातान्त्रिक योद्धा तथा अग्रज कांग्रेस कार्यकर्तालाई सम्मान गरिएको प्रदेश क्षेत्रीय सभापति रोहितकुमार शाहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here