प्रधानमन्त्रीको गृहनगर दमकमा संबिधान विसकै दिन संबिधानको बिरोध

0
604

असोज ३/
आज असोज ३ गते संबिधान दिवस हर्सोल्लासका साथ मनाईरहंदा संबिधान संसोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टि (राजपा) नेपालले भने कालो दिन मनाएको छ । प्रधानमन्त्रीको गृहनगर दमकमा राजपा लेपाले संबिधानको बिरोध गर्दै आज कालो दिन मनाउँदै संक्षिप्त कोणसभा सम्पन्न गरेको हो ।
कोणसभामा पार्टिका उपाध्यक्ष सेखर कुमार सिंहले वर्तमान संबिधान मधेसी, आदिवासी, जनजाती, मुस्लीम, महिलाको पक्षमा नभएको बताउनु भयो । वर्तमान संबिधानको पुनर्लेखन भन्दा पनि संसोधनलेनै आफुहरुका माग संबोधन हुने भए पनि वर्तमान सरकारले त्यसमा चासो नदिएर मुलुकलाई द्वन्द तर्पm लैजान खोजेको आरोप लगाउनु भयो । वर्तमान सरकार संघ संबिधान संसोधन गर्न पुग्ने दुई तिहाई मत समेत भएकोले अहिलेको सरकारलाई एउटा अवसर आएको उहाँले बताउनु भयो । संबिधानलाई सर्व स्विकार्य बनाउने यो अवसरलाई सरकारले सदुपयोग गरेर सबै नेपालीले हर्सोल्लासका साथ संबिधान दिवस मनाउने अवस्था बनाउनु पर्ने नेता सिंहले बताउनु भयो । कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य नेत्र बिक्रम साहले बन्दुकको नल तेस्र्याउँदै जारी गरिएको संबिधानलाई मधेसी साथै उत्पीडित जनताले स्विकार्न नसकेको बताउनु भयो । वर्तमान संबिधान अपुरो रहेको भन्दै उहाँले यसलाई संसोधन नगरे मुलुक द्वन्दमा फस्न सक्ने चेतावनी दिनु भयो ।
कार्यक्रममा राजपाका झापा जिल्ला अध्यक्ष देवेन्द्र किशोर ढुंगानाले संसोधन नभए सम्म वर्तमान संबिधानलाई आफुहरुले स्विकार्न नसक्ने बताउनु भयो । आज संबिधान जारी भएको दिनलाई बिरोध गर्दै कालो दिवस मनाईएको राजपा दमक नगर अध्यक्ष चन्द्र प्रसाद राजबंशीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here