जम्मू-कश्मीर विवादः भारतसँगको ब्यापार रोक्ने पाकिस्तानको निर्णय

0
1585

२२ साउन, काठमाण्डौ । जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव अझ बढी चुलिएको छ ।

जम्मु काश्मिरलाई केन्द्र शासित राज्यको रुपमा राख्ने भारतले सोमबार निर्णय गरे लगत्तै  पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने र उसँगको व्यापार रोक्ने निर्णय गरेको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने चेतावनी दिएका थिए । खानले भारतको निर्णयबिरुद्द संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍बाट प्रतिवाद गर्ने बताइ सकेका छन ।

भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने अवस्थालाई अझ बढी प्रश्रय दिएको उनको आरोप छ ।

भारतले विशेष हैसियत रद्द गरेसँगै जम्मू – काश्मिर सोमबारदेखि नै पूर्ण बन्दको अवस्थामा रहेको बीबीसीले जनाएको छ।

 

भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि त्यस मामिलालाई लिएर भारत र पाकिस्तानबीच तनाव चुलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here