राधा गोविन्द साधना केन्द्र दमकमा दार्शनिक प्रवचन हुने

0
736

साउन २३/
दमकमा पर्सि शनिवारदेखि दश दिवसीय दार्शनिक प्रवचन कार्यक्रम हुने भएको छ । राधा गोविन्द साधना केन्द्रले आज साधना परिसरमा पत्रकार सम्मेलन गरि प्रवचनको तयारी पूरा भएको जनाएको छ ।
दमक ८ स्थित साधना केन्द्रको राधे राधे सभाहलमा हुने वृहत प्रवचनमा सनातन बैद्धिक धर्म तथा भक्ति मार्गका प्रचारक रामदासजीले प्रवचन दिने केन्द्रका अध्यक्ष मानबहादुर वुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रवचन दैनिक अपरान्ह ४ः३० वजेदेखि साँझ ६ वजेसम्म हुने छ । श्वामि रामदाशले भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आध्यात्मिक प्रवचन दिनु हुने जनाईएको छ ।
वृहत प्रवचनको पूर्वसन्ध्यामा साधना केन्द्रले भोली विहान रक्तदान र पर्सि शनिबार विहान कलश यात्रा निकाल्ने तयारी गरेको केन्द्रका मिडीया संयोजक वसन्त कार्कीले जानकारी दिनुभयो । दुई महिना अघि बिधिवत रुपमा दर्ता भएको सो साधना केन्द्रले पहिलोपटक वृहत प्रवचनको तयारी गरेको उपाध्यक्ष प्रल्हाद कुमार पौडेलले बताउनु भयो । प्रवचन भव्य रुपमा सम्पन्न दुई दर्जन विभिन्न उपसमितिहरु गठन गरि काम थालिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here