दमक नगरपालीकामा स्तनपान कक्षको स्थापना

0
522

साउन २२/
दमक नगरपालिकाले आफनो कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह समापनको अवसर पारेर आज नगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको नगर उपप्रमुख गीता अधिकारीले वताउनुभयो ।
स्तनपान कक्षको आज एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नुभयो । उहाँले नगरपालिकामा आउने सेवाग्रही तथा सर्वसाधारणहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको वताउनुभयो ।
स्तनपान कक्ष शुभारम्भ कार्यक्रमममा नगर उपप्रमुख गीता अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपति राज गौतम, कार्यपालिका सदस्य भक्तादेवी दाहाल लगायतले नगरपालिकामा आउने महिला सेवाग्रही तथा महिला कर्मचारीहरुका लागि स्तनपान कक्ष उपयोगी हुने जोड दिनुभयो ।
साउन १६ देखि २२ गतेसम्म विश्वभरि विभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउदै आएको छ । सप्ताह कार्यक्रम अन्तर्गत दमकमा शिशुका लागि स्तनपानको महत्व सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here