बाघ संरक्षणमा नेपालको असाधारण प्रगति

0
634

१३ साउन, काठमाण्डौ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी लक्ष्य लगभग पुरा हुने अवस्थामा पुगेको छ । सन २०१८ को तथ्याक अनुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ ।

द्वन्द्वकालिन अवस्थामा बन्यजन्तुको व्यवस्थापनमा निकै विकराल अवस्था रहे पनी देश शान्ति प्रकृयामा आएपछि बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतका कुरामा देखिएको सुधारले बाघको संख्या वृद्धि हुँदै गएको हो । सन २०१७ मा चितवनमा गएको बाढीका कारण बाघको आहारजन्य जन्तुहरु क्षति भएकाले यो लक्ष्यमा केही ढीला भए पनि लक्ष्यको धेरै नजिक पुगिसकेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

बाघको संख्यामा बृद्धि हुँदै गएपछि बाघको आहारा प्रजाती र बासस्थान संरक्षणमा चुनौती बढेको छ । बाघको बासस्थानमा मिचाह प्रजाति बढ्दै जानु, आहारा प्रजातिको लागि उपयुक्त घाँसे मैदान घट्दै जानु र पानीका स्रोत सुक्दै जानुले चुनौती थपिएको हो । त्यही चुनौतीको सामना गर्न निकुञ्ज क्षेत्रमा पानीको पोखरी निर्माण गर्ने घाँसे मैदान व्यवस्थापन गरी राम्रो वासस्थानको प्रारुप तयार गर्ने तीब्र पारिएको छ । पछिल्लो समय बाघ संरक्षणका लागि चोरी शिकार नियन्त्रणमा स्थानीयको सहयोग पाएपछि बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको हो । मानव र बन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि बन्यजन्तुलाई मानव बस्तीमा जान नदिन तारबार गर्नुका साथै विभिन्न संरचना निर्माण गरिएको छ । बन्यजन्तुवाट भएको क्षतिको राहत वितरण प्रकृया सहज बनाएपछि स्थानीयले बन्यजन्तुलाई सत्रुको रुपमा नभई अवसरको रुपमा संरक्षण गर्न थालेका छन । यसले पनि बाघ संरक्षणमा सरकारलाई सहयोग मिलेको छ ।  विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । त्यसवेला नेपालमा बाघको संख्या १ सय २१ मात्र भए पनि अहिले बाघको संख्या बढेर २ सय ३५ पुगेको छ । अहिलेकै अवस्थामा बाघको संख्या बढदै गए अबको तीन वर्षमा नेपाल बाघ संरक्षणमा विश्वका १३ देशहरु मध्ये  प्रतिबद्धता पूरा गर्ने पहिलो देश बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here