संसद अबरुद्ध गर्न कांग्रेस राजपाको गठबन्धन !

0
511

१३ साउन, काठमाण्डौ । प्रतिनिधि सभा बैठक अबरुद्ध गर्न नेपाली कांग्रेस र राजपा एक भएका छन । प्रतिपक्ष दलको भूमिका रहेका दुबै दल सर्लाहीमा मुठभेडमा मारिएका भनिएका बिप्लवका कार्यकर्ता कुमार पौडेलको घटना छानबिनको माग गर्दै मोर्चाबन्दी गरेझैं गरी संसदमा प्रस्तुत हुन थालेका हुन । उनिहरुको अवरोधका कारण सोमबारको संसद बैठक बस्न सकेन ।सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘सुन्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए।

उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै रोष्ट्रम अगाडि नाराबाजी गरे। आसन ग्रहणका लागि पटक-पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here