झापाको कमल गाउँपालीकामा रहेको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा सुचिकृत

0
560

साउन १३/
झापाको कमल गाउँपालीकामा रहेको प्रचित वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा सुचिकृत भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष घोषणा गरेको देशभरका ९२ पर्यटकिय गन्तव्य हरुको सुचिमा प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि सुचिकृत भएको हो ।
सरकारले पर्यटकिय क्षेत्र विस्तारका लागी थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित सिमसार क्षेत्र लाई पनि समेटेको हो ।
कमल गाउँपालिकाको स्वमित्वमा रहेको यस आश्रम तथा सिमसार क्षेत्रको गत आर्थिक वर्षमानै गाउँपालिकाले वृस्तृत लागत योजना (डिपिआर) तयारगरि पर्यटन गन्तव्य बनाउन गाउँपालिका लागिपरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो । यसको बिकाश गरी पर्यटकीय गन्तव्य बनाउन गाउँपालीका जुटिरहेका बेला केन्द्रिय सरकारले पनि पर्यटकिय गन्तव्यको सुचिमा सुचिकृत गरेकोमा काम गर्न थप हौसला मिलेको उहाँले बताउनु भयो ।
गाउँपालीकाकै योजना अनुसार गत आर्थिक वर्ष २०७५÷०७६मा प्रदेश सरकाका तर्फ बाट २० लाख रुपैयको लागतमा सिमसारक्षेमा रहेको पानिको संरक्षणका लागी बाँध बाध्नेकाम र पोखरिको डिलमा हावा महल निर्माणको काम सम्पन्न भएको गाउँपालीका उपाध्यक्ष वेनु शिवाकोटीले बताउनु भयो । त्यसैगरी सिमसार क्षेत्रको पुर्वाधार विकासका लागी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा थप ५० लाख रुपैया विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
स्थानिय र प्रदेश सरकार सगको सहकार्यमा यस क्षेत्रलाई थप व्यवस्थित बनाउदै पर्यटको मुख्य रोजाईको क्षेत्र बनाउनेमा लागीरहेको आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुधन अधिकारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here