डा.रुइतले नेपालको गौरवपूर्ण परम्परा सम्झाउनुभयोः प्रम ओली

0
528

६ साउन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन ।

तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताउनुभयो । ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ’ प्रधानमन्त्रीओलीले भन्नुभयो ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।’

डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने वहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here