साउनको पहिलो सोमबार, शिवालयमा भक्तजनको उल्लास

0
901

६ साउन, काठमाडौं । यो बर्षको साउनको पहिलो सोमबार विभिन्न शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रीय महिना हो । त्यसैले पनि साउने सोमबार शिवालयहरुमा दर्शनार्थी भक्तजनको विशेष भिड लागेको हो ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आÏनो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिईन्छ । साउने सोमबारको दिन मनोकामना पुरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढा“उने धार्मिक प्रचलन छ । सतीदेवीको माथिल्लो ओंठ पतन भई ज्योर्तिलिङ्ग स्वरुप उत्पति भएको शिवशक्ति पीठ सन्तानेश्वर महादेवको दर्शन गर्नाले निसन्तानले सन्तान प्राप्ती हुनुका साथै भएका सन्तानले सुख प्राप्त हुने मान्यता रही आएको छ ।

साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर लगायतका देशभरका शिवालयहरुमा भक्तजनको उल्लास देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here