उद्योग बाणिज्य संघ दमकको नेतृत्व सहमतिमै चयन गर्न कांग्रेसको पहल , व्यवसायीको संस्थामा राजनिति गरी मतदानमा जान नहुने जोड

0
632

साउन ७/
नेपाली कांग्रेस दमकले उद्योग बाणिज्य संघ दमकको आसन्न निर्वाचनमा सहमतिमै नेतृत्व चयनको प्रयास सुरु गरेको छ । करिब १ महिना पछि हुन लागीरहेको दमक उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेसन बाट नयाँ नेतृत्व चयन हुँदैछ । सोहि अधिवेसनलाई लक्षित गरेर कांग्रेस दमक नगर समितिले अन्य दलहरु संग सहमतिको पहल गर्न पार्टिका महासमिति सदस्य सुरेस सुब्बाको सम्योजकत्वमा ७ सदस्सीय समिति गठन गरेको छ । पार्टि निकट लोकतान्त्रीक व्यवसायी संघ दमक र पार्टिएको आज बिहान भएको अन्तर्कि्रया कार्यक्रम बाट सहमतिको पहल गर्न समिति गर्ने निर्णय भएको कांग्रेस नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो । समितिका सदस्यहरुमा कांग्रेस क्षेत्रीय सभापती ढुण्डी भण्डारी, नगर सभापती रोशन विष्ट, जिल्ला सदस्य रवी न्यौपाने, महिला संघ नगर सभापती मन्दरा पौडेल, उद्योग बाणिज्य संघ दमकका पुर्व अध्यक्ष प्रकाश प्रसाईं र लोकतान्त्रीक व्यवसायी संघका नगर अध्यक्ष बबरजंग थापा किरण रहनु भएको छ ।
व्यवसायीहरुको साझा संस्थामा मतदान गराएर व्यवसायीलाई पक्ष विपक्षमा लगाउनु भन्दा सबै पक्षको सहमतिमै साझा नेतृत्व चयनका लागी पहल सुरु गरिने समितिका सम्योजक सुब्बाले बताउनु भयो । दमकमा क्रियासिल सबै दलहरु विच छलफल गरी बाणिज्य संघमा साझा नेतृत्व चयनका लागी पहल गरिने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here