बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

0
592

३० असार, काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६८ पुगेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार ६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४१ पुरुष र २७ महिला छन् । बाढी पहिरोमा परी ३८ जना घाईते भएका छन् । जसमध्ये महिला १७ र २१ पुरुष छन् । त्यस्तै, ३० भन्दा बढी बेपत्ता भएका छन् भने एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here