भ्रष्टाचार आरोपित जुमाको जवाफ – राजनीतिक प्रतिशोध साँधियो

0
513

३० असार, एजेन्सी । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकुब जुमाले आफूमाथि लागेको भ्रष्टाचार आरोप राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेका छन ।

राजनीतिक वृत्तबाट आफुलाई हटाउने उद्देश्यले गरिएको षड्यन्त्रको उपज आफुमाथिको भ्रष्टाचारको आरोप भएको उनको दावी छ । जुमाको कार्यकालमा भ्रष्टाचारको जालो फैलाइएको भन्ने आरोपहरूमाथि अनुसन्धान गरिरहेको न्यायाधीश नेतृत्वको एउटा छानबिन समितिमा पहिलो पटक उपस्थित भएका जुमाले यस्तो बचाउ गरेका हुन । छानबिन टोली रहेको भवनमा प्रवेश गर्दै गर्दा उनका समर्थकहरूले उनको पक्षमा नारा लगाएका थिए ।

उनलाई सन् २०१८ को फेब्रअरीमा राजीनामा गर्न बाध्य बनाइएको थियो । जुमाको स्थानमा त्यसबेलाका उपराष्ट्रपति सिरिल रामापोसा राष्ट्रपति नियुक्त भएका थिए । लगत्तै उनले दक्षिण अफ्रिकाको भ्रष्टाचारलाई न्यूनिकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here