बाउण्ड्रिका साहारामा इंग्ल्याण्ड विश्वकप क्रिकेट बिजेता

0
605

३० असार, एजेन्सी । विश्वकप क्रिकेट २०१९ को रोमाञ्चक फाइनल खेलको सुपर ओभर पनि बराबरीमा टुंगिएपछि इंग्ल्याण्डले बाउण्ड्रिका आधारमा उपाधि जितेको छ ।

लन्डनको लर्ड्स मैदानमा आइतबार मध्यरातमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो। त्यसपछिको सुपर ओभरमा खेलमा बराबरी भए पनि धेरै बाउन्ड्रीका आधारमा इङ्ग्ल्यान्ड विश्वविजेता बन्न सफल भयो।

यो इङ्ग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो। एकदिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्षपछि नयाँ विश्वविजेताका रूपमा इङ्ग्ल्यान्ड उदाउन सफल भएको हो। प्रतियोगिताको अन्तिम खेलमा टस जितेको न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अन्तिम खेलको बिहान लर्ड्समा पानी परेको थियो जसका कारण पिच बलरहरूका लागि उपयुक्त हुने मानिएको थियो। न्यूजील्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनायो। प्रारम्भिक ब्याट्स्म्यानहरूले लय समात्न नसक्दा इंग्ल्याण्डले मध्यम बिजयी लक्ष्य पनि पार लगाउन सकेन । उसले पनि २४१ रन नै बनाएपछि  खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा पनि दुबै टोलीले १५/१५ रन बनाएपछि खेलको निर्णय बढी बाउण्ड्री हानेको आधारमा इंग्ल्याण्डले जित्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here