भारत विश्वकप क्रिकेटबाट बाहरियो, न्यूजिल्याण्ड फाइनलमा

0
42

२५ भदौ, काठमाण्डौ । भारत विश्वकप क्रिकेटको उपाधि होडबाट बाहिरिएको छ । उपाधि दाबेदार मानिएको भारत न्यूजिल्याण्डले दिएको २ सय ३९ रनको सामान्य लक्ष्य समेत पूरा गर्न नसक्दा उपाधि होडबाट बाहिरिएको हो ।

न्यूजिल्यान्डले दिएको २३९ रनको सामान्य लक्ष्य पच्छ्याएको भारत ४९ दशमलव ३ बलमा २ सय २१ रनमा अलआउट भयो ।  टस जितेर मंगलबार न्युजिल्यान्डले ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो। न्युजिल्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधबार जवाफका लागि उत्रेको हो।  बुधबार न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएको अवस्थामा २११ रनबाट अगाडि खेल्दै अन्तिम २३ बलमा २८ रन बनाएर भारतलाई २४० रनको लक्ष्य दिएको थियो।  भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ७७ रनको पारी खेले। टप अर्डरका ब्याट्सम्यान एक एक रनमा आउट भएको अवस्थामा अन्तिमक्रममा आएका उनले भारतीय पारी उकासे। उनले चार चौका र चार छक्काको मद्दतमा ५९ बलमा ७७ रनको उत्कृष्ट पारी खेले पनि भारतको हार टर्न सकेन । त्यसपछि महेन्द्रसिंह धोनीले ७२ बलमा अर्धसतकीय पारी खेले। रिसभ पन्त र हार्दिक पन्ड्याले समान ३२-३२ रनको योगदान दिए। चौथो क्रमका रिशबले ५६ बलमा ३२ रन बनाएर आउट भए। नौ वर्षयता भारतका टप अर्डरका ब्याट्म्यानले सबैभन्दा खराब प्रदर्शन गरेको खेलमा ओपनरहरु केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली एक एक रनको व्यक्तिगत स्कोरमा आउट भए ।  भारतका लागि राहुलले ७ बलमा १ रन, रोहित शर्माले ४ बलमा १ रन र विराटले ६ बलमा १ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि आएका व्याट्सम्यानले पनि गतिलो खेल्न सकेनन्।त्यसैगरी दिनेश कार्थिकले २५ बलमा ६ रन बनाए । यसअघि मंगलबार वर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार  बुधबार खेलाइएको हो। म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा वर्षा भएपछि न्युजिल्याण्डको इनिङ्स पुरा गर्न पाएको थिएन। खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो। न्युजिल्याण्डका रोस टेलरले ९० बलमा ७४ रन बनाए। टेलरले करियरको ५० औ अर्धशतक प्रहार गरे। यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए। यसअघि केन विलियम्स ६७ रन बनाएर युजभेन्द्र चहलको बलमा जडेजाबाट म्याच आउट भएका थिए। विलियम्सले टेलरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। दोस्रो सेमिफाइनल खेल बिहिबार अष्ट्रेलिया र आयोजक इंग्ल्याण्डबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here