भोजपुरमा भिडन्त, एक प्रहरी र विप्लप जिल्ला ईन्चार्ज मारिए

0
510

२५ असार, काठमाडौँ । भोजपुरको सदरमुकाममा बुधबार बिहान ८ बजेतिर प्रहरी र नेत्रविक्रम चन्द समूहबीच भिडन्त हुँदा दुई जना मारिएका छन ।

मारिनेमा विप्लप समूहका जिल्ला इञ्चार्ज निरकुमार राई  र  प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो । भिडन्तमा घाइते भएका उनिहरु दुबैको उपचारका क्रममा मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेपछि भिडन्त भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here