मुलुकभर बाढी पहिरोको उच्च जोखिम

0
571

२६ असार, काठमाडौं । शुक्रबारसम्म मुलुकभर बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सरकारले सतर्कताका लागि आह्वान गरेको छ ।

मनसुन सक्रिय भई २४ अै घण्टा भारी बर्षाको सम्भावना रहेकाले साना तथा ठूला नदीहरुमा बाढीको उच्च जोखिम रहेकाले खोला किनारमा हिडडुल नगर्न आह्वान गरिएको हो । सरकार मातहतका निकायलाई पूर्वतयारी र प्रतिकार्यमा जुट्न निर्देशन समेत दिइएको छ । विशेषगरी तराई र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here