नेकपा सचिवालय बैठक निष्कर्षविहिन

0
851

२१ जेठ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठक निष्कर्षविहिन भएको छ ।केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने भनिएको बैठक सहमति जुट्न नसकेपछि निष्कर्षविहिन भएको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार १२ बजे पुनः बस्ने जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको छलफल प्रारम्भ भएको बताए । ‘छलफलले पूर्णता पाइसकेको छैन । भोलि (बुधबार) १२ बजे पुनः सचिवालय बैठक बसेर त्यसलाई  टुंग्याउने समझदारी भएको छ,’ बैठकपछि श्रेष्ठले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here