सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास, विप्लवप्रतिको आशंकाको खण्डन

0
783

२० जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ मा रहेको छेस्काम प्रहरी चौकीमा आक्रमण प्रयास गरेको भन्ने समाचारको प्रतिवन्धित नेकपाले खण्डन गरेको छ । आइतबार मध्यराती १२ बजे १६/१७ जनाको समूहमा आएका नेकपाका कार्यकर्ताले चौकी आक्रमण गर्नुअघि नै प्रहरी हतियारसहति भागेको र संभावित भिडन्त टरेको समाचार एकाएक सार्वजनिक भएपछि विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले खण्डन गरेको हो ।

‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचावाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको फेक न्युज ल्याएको स्पष्ट गर्न चाहन्छौं ।’

के भएको थियो छेस्काममा ?

एकाएक सोमबार अधिकांश सञ्चारमाध्यमा आएका समाचार अनुसार विप्लवको आक्रमण गर्न लागेको सूचना पाएपछि चौकी तालाबन्दी गरेर प्रहरी हतियारसहित भागेका थिए । त्यहाँ १६/१७ जनाको हतियारधारी समुह आउँदै गरेको जानकारी पुगेको थियो । त्यस क्रममा विप्लपका कार्यकर्ता चौकी पुगेर ताला तोडी खानतलासी गरेर फर्किएका थिए। समाचारमा विप्लव कार्यकर्ताले चौकी खानतलासी गर्दा हतियार नभेटेपछि विना कुनै बदमासी  त्यहाँबाट बाहिरिएका थिए। अझ उनीहरु त्यहाँबाट संखुवासभातर्फ लागेको पनि समाचारमा जनाइएको थियो। समाचारहरुमा हवल्दारको नेतृत्वमा चार जना मात्रै प्रहरी रहेकाले पनि प्रहरीले प्रत्याक्रमणको योजना नबनाइ हतियार र आफू सुरक्षीत हुने रणनीति लिएको बताइएको छ। राति चौकी छाडेर भागेका प्रहरी बिहान सात बजे मात्र  चौकी फर्किएका थिए। सोलु्खुम्बुमा विप्लवको सैन्य तालिम केन्द्र रहेको विषयमा सरकार जानकार रहेको र अव विशेष टोलीमार्फत तालिम केन्द्र समेत ध्वस्ता पार्ने रणनीतिमा सरकार लागेको विषय समेत समाचारमा आएका थिए। घटनापछि गृहमन्त्री रामबहादुर थापालाई तीन वटै सुरक्षा निकायका प्रमुखले ब्रिफिङ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here