दमकका तिनवटा सहकारी मार्फत ५८ जना युवालाई स्वारोजगार कोषको रकम बाँडियो

0
589

सप्तरङ्गी एफ.एम. दमक/जेठ २१/
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन दमकका तीन वटा सहकारीमार्फत छनौट भएका ५८ जना युवालाई १ करोड ५० लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको छ ।
दमकको दमक बहुमुखी सहकारी, फाल्गुनन्द बचत तथा ऋण सहकारी र सेतुमारी कृषि सहकारीमार्फत १ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको कोषका सदस्य सचिव सन्तोष सापकोटाले जानकारी दिनुभयो ।
आज दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाको सभाहलमा कर्जा रकमको पहिलो किस्तामार्फतको ७५ लाख रुपैयाँ हस्तान्तरण गर्नुका साथै कर्जा पूंजीको उपयोगका वारेमा अभिमुखीकरण प्रदान गरिएको छ ।
अभिमुखीकरण उद्घाटनमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोख्रेल, दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, जिल्ला सहकारी संघका सदस्य प्रेम कोइराला लगायतले कर्जा पूंजीको उपयोगिताको वारेमा वोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here