झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन

0
639

जेठ २०/
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन भएको छ । कमल गाउँपालीका वडा नम्बर ५ भित्र रहेका बाल क्लबका पदाधिकारीहरुका लागी सञ्चालन गरिएको आधारभुत उद्घोषण सम्बन्धि दुई दिने तालिम आज समापन भएको हो ।
मंगलमय माध्यमिक बिद्यालयका अध्यक्ष अग्रज समाजसेवी पुर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट अर्जुन भट्टराई र रबिना चौहानले तालिमले आफुहरुमा आत्मविश्वास बढाएको धारणा राख्नु भयो । वाल कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति कमल ५ का उपाध्यक्ष विशाल प्याकुरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहिद रत्न बाल क्लबका संरक्षक कुवेवर पाण्डेले बालबालिकालाई पढाई संगै अन्य बिबिध क्षेत्रमा सहभागी गराउन सके मात्रै दक्ष जनशक्ति उत्पादन हुने धारणा राख्नु भयो ।
वडा भित्रका ९ वटा बाल क्लबका २७ जना सहभागीलाई सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले प्रशिक्षण दिनु भएको आयोजक वाल कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here