विश्वकप क्रिकेटः वेष्ट इण्डिजको बिजयी सुरुवात

0
651

१७ जेठ, काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले विजयी सुरुवात गरेको हो। पाकिस्तानले दिएको १०६ रनको लक्ष्य वेष्ट इण्डिजले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरनले अविजित ३४ तथा शिम्रोम हिटमायरले अविजित ७ रन बनाए । साई होपले ११ रन जोड्दा डरेन ब्राभो सुन्य रनमा आउट भए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान २२/२२ रन जोडे । यस्तै वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए । यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । जितसंगै वेष्ट इण्डिजले २ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here