केपी ओलीसँग आलोपालो सरकार चलाउने सहमति भएको प्रचण्डको खुलासा

0
1305

१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आधा/आधा कार्यकाल सरकार चलाउने गरी पार्टी एकता गरिएको खुलासा गरेका छन । बुधबार राति पत्रकार ऋषि धमलालाई दिएको बिशेष अन्तरबार्ताका क्रममा अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन । सहमति अनुसार अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने उनले विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ । यद्यपी पार्टी सञ्चालनको पूर्ण जिम्मेवारी आफूले पाएको खण्डमा भने ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने उनले बताएका छन ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here